सामुदायिक ‘होमस्टे’मा जीन बैंक

सामुदायिक ‘होमस्टे’मा जीन बैंक


आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर (च्यामा गाभर सुतैया क्लस्टर) क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो । 

थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक बन्ने सामुदायिक जीन बैंक सञ्जालका सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका (घरबास) सञ्चालक कृष्ण चौधरीले बताए । उनका अनुसार जीन बैंक स्थापना भएसँगै गाभर भ्याली होमस्टे क्षेत्रका बासिन्दा आणुवाशिंक स्रोत संरक्षणमा सक्रिय छन् । “यस क्षेत्रका समुदाय जीन बैंक स्थापनाका लागि परम्परागत शैलीमा संरक्षण गर्न अग्रसर छन्”, उनले भने । 

समुदायको जिम्मेवारीमा आफ्नो क्षेत्रमा पाइने बाली, घाँसे बाली, जलीय कृषि वस्तु, पशुपक्षी, किरा, सुक्ष्म जिवाणुको आणुवंशिक विविधता संरक्षण तथा उपयोग हुनेगरी गरिएको व्यवस्थापन प्रणाली नै सामुदायिक जीन बैंक हो । कृषिको सबै जात (बाली, घाँसेबाली, पशुपक्षी, किरा, सुक्ष्म जिवाणु र जलीय जीवको संरक्षण तथा उपयोगमा जोड दिन २०७८ फागुन २४ गते उक्त जीन बैंक स्थापना गरिएको थियो । 

नेपाल कृषि जैविक विविधतामा धनी छ तर मौलिक वस्तु लोप हुनेक्रम तीव्र भएकाले जीन बैंक स्थापना भएदेखि कृषि जैविक विविधताभित्र पर्ने छ प्रकारका आणुवाशिक स्रोतको संरक्षण भएको छ । गाभर भ्याली पर्या–पर्यटकीय क्षेत्र भएको हुँदा यस क्षेत्रमा आउने पर्यटकले अणुवांशिक स्रोत संरक्षण गर्नुपर्छ भन्ने ज्ञानको विकास भएको जीन बैंक सञ्जालका सचिव चौधरीले बताए । 

मौलिक वस्तु तथा प्रविधि नै जीवन र आर्थिक उन्नतिका आधार भए पनि करिब ५० प्रतिशत रैथाने कृषि विविधता हराइसकेको छ । कृषिको सबै जातलाई समेटेर समुदाय तहमा संरक्षणका लागि पहल गर्न नेपालमा सामुदायिक बीउ बैंक विसं २०५१ मा स्थापना भए पनि त्यसको खासै प्रभाव भने देखिएको छैन । 

Logo