राजनीतिक पार्टीहरुमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भयोः बाबुराम भट्टराई

राजनीतिक पार्टीहरुमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भयोः बाबुराम भट्टराई


नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीहरुमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भएको बताएका छन् । 

नेपाल समाजवादी पार्टी बागमती प्रदेश र गैर भौगोलिक प्रदेश समितिले आयोजना गरेको संगठन निर्माण तथा विस्तार अभियान बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष भट्टराईले सत्ताको दुरुपयोग चरम रुपमा बढेको बताएका हुन् । उनले अहिले राजनीति पार्टीहरुमा खाली पार्टी भित्रको सत्ताको पद,चुनावमा कसले टिकट लिने भन्ने र  सत्ताको लाभ कसरी लिने भन्ने प्रवृति बढेकाले जनतामा पार्टी नेता भन्ने वित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको बताए। 

उनले भने,‘विचार राजनीतिको कार्यदिशा अत्यन्तै पुरानो भइसकेको छ । राजनीति दलहरुमा विचारको रुचि कसैले राख्दैनन् खाली पार्टी भित्रको सत्ताको पदमा को मान्छे तल हुने को माथि हुने भन्ने विषय र चुनावमा कसले टिकट लिने र सत्ताको लाभ कसरी लिने भन्ने मन्त्रीहुने जस्ता विषयहरुमा हरेक पार्टीको शैली देखिन्छ । त्यसैले पार्टी नेता भन्ने वित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको छ ।’

अध्यक्ष भट्टराईले आफ्नो नेपाल समाजवादी पार्टी सत्ताको दोहन गर्ने र निजी लाभ लिने नभई जनताको सेवा गर्ने पार्टी भएको दावी गरे । 

Logo