हुण्डाईले ल्यायाे ‘ह्वील्स अफ चेन्ज’ एक्सचेन्ज अफर

हुण्डाईले ल्यायाे ‘ह्वील्स अफ चेन्ज’ एक्सचेन्ज अफर


नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘ह्वील्स अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर योजना ल्याएको छ । साउन १८ बाट सुरु हुने यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुन्डाई प्रमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो । 

आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसअन्तर्गत काठमाडौँ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरुसँग सहकार्य गरेको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ ।

यो योजनाले ग्राहकहरुलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा रु. ५,००,००० सम्मको नगद छुट, रु. १,५०,००० सम्मको एक्सचेञ्ज बोनस र रु.२५,००० सम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् । एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याङ्कन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेञ्ज योजना सफल बनाउन हुण्डाई प्रतिबद्ध छ । 

यस एक्सचेञ्ज योजना सहभागी भई हुण्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी तथा ह्याचब्याकमध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि-सर्भिसिङ उपलब्ध छ । 

Logo