प्रधानमन्त्री र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता

प्रधानमन्त्री र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता


गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको सङ्घर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन्।गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि सङ्घर्ष गरिरहेका छन् ।

उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन्। पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन् ।

Logo