अब मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गरिने

अब मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गरिने


काठमाडौं ।

अब मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्ने व्यक्तिलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने भएको छ । गृह मन्त्रालयले प्रहरी र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

कोरोना संक्रमणको भयावह अवस्थालाई वास्ता नगरि बाहिर निस्किनेहरुको संख्या बढेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

आज मन्त्रालयले प्रशासन र प्रहरीलाई परिपत्र गर्दै स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना घर बाहिर हिँडडुल गर्ने माथि नियन्त्रण गर्न निर्देशन गरेको हो ।

सरकारले लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने बताए पनि पछिल्ला दिनहरुमा खुल्लारुपमै हिड्डुल गर्नेहरु बढेका छन् ।

Logo