सावित्री कंचनजंगाका २ भाग्यशाली वितरकले पाए २ तोला सुन

सावित्री कंचनजंगाका २ भाग्यशाली वितरकले पाए २ तोला सुन


अगरबत्ती उद्योग सावित्री कंचनजंगाले २ भाग्यशाली वितरकलाई २ तोला सुन प्रदान गरेको छ । कम्पनीले एक कार्यक्रमबीच सो उपहार प्रदान गरेको हो।

उपहार सावित्री कंचनजंगाकी आमा सावित्रीदेवी मुन्द्रामार्फत वितरण गरिएको थियो । 

सावित्री कंचनजंगाले गतवर्ष बितरकहरुलाई ध्यानमा राख्दै विभिन्न चरणमा गरी टार्गेट स्किमहरु ल्याएको थियाे । सो टार्गेट स्किममा १ ग्रामदेखि दुई तोलको सुन उपहार पाउने उल्लेख गरिएको थियो । सोही स्किमअन्तर्गत ९ महिनाको समयावधिमा सावित्री कंचनजंगाले धेरै बिक्रेताहरुलाई बजारमै गएर १ ग्रामदेखि ३ ग्रामसम्मको सुन वितरण गरेको थियो । 

शनिबार भएको कार्यक्रममा सावित्री कंचनजंगाले ४ ग्रामदेखि २ तोलासम्मको सुन वितरण गरेको हो। कम्पनीका जनरल म्यानेजर पुष्कर केसीका अनुसार कार्यक्रममा दुई भाग्यशाली बिक्रेता योगेन्द्र प्रसाईं र कृष्ण रसाईलीले  २/२ तोला सुन जित्न सफल भएका छन्। 

Logo