केन्द्रबिन्दु एक्सप्रेसः अब बस-बसमा ग्रेटर नेपालको नक्सा, इमरान खानलाई तीन वर्षको कैद सजाय [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः अब बस-बसमा ग्रेटर नेपालको नक्सा, इमरान खानलाई तीन वर्षको कैद सजाय [भिडियाे]


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका  छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार  पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताएका हुन् ।  

विशाल नेपाल महाअभियानले आफ्नो तेस्रो कार्यक्रम  अन्तर्गत शनिबार लगनखेल बसपार्कबाट छुट्ने बस, माइक्रोबसमा विशाल नेपालको नक्शा सहित नारा भएको १ हजार स्टिकर टास्ने काम गरेका छन्। 

जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनु पर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।  शनिबार बिहान जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानको नेतृत्वमा प्रधानमन्त्री निवासमा सो ज्ञापन बुझाइएको हो ।  

सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको छ ।  नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको हो । 

सबैभन्दा छिटो विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा आरोहण गर्न सफल नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पा शनिबार नेपाल फर्किएका छन् ।  उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलमा नेपाल पर्वतारोहण संघका पदाधिकारीहरुले फूलमाला र बाजाका साथ स्वागत गरेका छन् । 

विशाल नेपाल महाअभियानले, टिष्टा काँगडासहितको भू-भाग समेटिएको नक्सा टाँस्ने अभियान जारी राखेको छ ।  विशाल नेपाल महाअभियानले आफ्नो तेस्रो कार्यक्रम अन्र्तगत शनिबार लगनखेल बसपार्कबाट छुट्ने बस, माइक्रोबसमा विशाल नेपालको नक्शा सहित नारा भएको १ हजार स्टिकर टास्ने काम गरेका छन्। 

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ठूलो परिमाणमा कमी आएको छ।  गएको आर्थिक वर्ष २०७९/८० मा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी आएको हो । सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ दशमलव १४ प्रतिशतले कमी आएको हो । 

बिहीबार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।  

सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ दशमलव १४ प्रतिशतले कमी आएको हो । 

सरकारले उत्तराखण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धार गरिदिन भारत सरकारसँग आग्रह गरेको छ ।  परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आग्रह गरेका हुन् ।   

पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको बीबीसी हिन्दीले जनाएको छ । 

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुटेको थियो । 

पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।  

जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३–१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो।  त्यस्तै  स्पेन पनि फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । शनिबारनै न्युजिल्याण्डको इडेन पार्कमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई ५–१ गोलले हराएको हो ।

Logo