यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। 

जसअनुसार आज नेपाली ठूलो गोलभेँडाको मूल्य शनिबारको तुलनामा आज स्थिर रहेको छ। नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य  प्रतिकेजी १६० रुपैयाँमा बिक्रि भइरहेको छ। लोकल सानो गोलभेँडाको मूल्य भने १० रुपैयाँले घटेर ७० रुपैयाँ कायम भएको छ।

रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ र सेतो आलु ३६ रुपैयाँ न्युनतम मूल्य रहेको छ। स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले घढेर ६० रुपैयाँ न्युनतम मूल्य तोकिएको बिक्रि छ।  यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ३०,मुला रातो ४०,भन्टा लाम्चो ३०,मकै बोडी ५०, भटमास कोशा ७० रुपैयाँ तोकिएको छ।

तितो करेला ४०,लौका ४०,परवल ३५,घिरौला २५,फर्सी पाकेको ४०,हरियो फर्सी ६०,कन्ने च्याउ १८०, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४०,रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। यस्तै रायोको सागमा मूल्य बढेर आएको छ। हिजो प्रतिकेजी ७० रुपैयाँ रहेको साग आज ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। तोरीको साग प्रतिकेजी ४० रुपैयाँ,हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ।

समितिका अनुसार आज फलफूलमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ। कागती १३०, अनार ३००, आँप मालदह १८०, अंगुर कालो ४५०, तरबुजा हरियो ७०, मौसम १८०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ  मूल्य तोकिएको छ । 

Logo