#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1221201355317345540487104792
नेपाल165313586057891

केपी शर्मा ओलीको नाममा अश्लिल साइट भाइरल

केपी शर्मा ओलीको नाममा संचालित एक अनलाइन अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका छन् । अनलाइनमा अश्लिल भिडियोहरू अपडेट गरिएका छन् ।

प्रधानमन्त्री ओलीको नामसँग मिल्दोजुल्दो वेबसाइट भएकाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीकै वेबसाइट ह्याक भएको टिप्पणी भइरहेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने प्रधानमन्त्रीको वेबसाइट ह्याक नभएको बताए। “अहिले चर्चामा भएको अनलाइन प्रधानमन्त्रीको होइन । ” थापाले भने । प्रधानमन्त्रीको साइट डब्लुडब्लुडब्लु केपी शर्मा ओली डट कम डट एनपी हो ।

अश्लिल साइटको नाम  केपी शर्मा ओली डट कम हो । यो साइट २८ मे २०१८ देखि संचालनमा आएको देखिन्छ ।

सम्बन्धित समाचारहरु