एमालेसंग विद्रोहको औचित्य पुष्टि गर्नेगरी छलफल सुरु भएको छः उपमहासचिव तुलाधर

एमालेसंग विद्रोहको औचित्य पुष्टि गर्नेगरी छलफल सुरु भएको छः उपमहासचिव तुलाधर


नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधारले नेकपा एमालेसंग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्नेगरी छलफल थालिएको बताएका छन् । 

आइतबार नेकपा एसको स्थायी कमिटी बैठकपछि उपमहासचिव तुलाधरले अब बस्ने केन्द्रीय कमिटी र आगामी भदौमा गर्न लागेको पोलिटव्युरोको बैठकमा समेत एमालेसंगको विद्रोह र औचित्य स्थापित गर्ने गरी जोडदार छलफल हुने बताएका हुन् । 

‘हामी सम्भवत माघको दोस्रो सातातिर पार्टीको महाधिवेशन गछौं होला र त्यो महाधिवेशन अगाडि कमसेकमपनि एक लाख सदस्य बनाउने टार्गेट हामीले पूरा गर्नुपर्ने हुन्छ । त्यहिएकलाख सदस्यबाट नै आगामी केन्द्रीय कमिटी निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो समग्र मनशाह भनेको मन,वचन र कर्मले हामीले बलियो, विस्वासिलो, भरपर्दो र रहरलाग्दो पार्टी बनाउने लक्ष्य छ । विद्रोहको औचित्य पनि त्यहिबाट स्थापित र पुष्टि हुन्छ भन्ने हाम्रो विश्वास छ ।यि सबै कुराले गर्दा अहिले यिनै विषयमा मनग्य छलफल भैरहेको छ ।’उनले भने । 

उनले पार्टीका नेताले आफू र पार्टीको कार्यलाई समेत केन्द्रमा राखेर आत्मालोचनासहित खुलस्त र निर्मम समीक्षा गरिरहेको जिकिर गरे ।

Logo