पितृबुढोले ल्याए ‘पिरती बुनेसी’ [भिडियाे]

पितृबुढोले ल्याए ‘पिरती बुनेसी’ [भिडियाे]


गायक तथा हास्य कलाकार अर्जुन कुँवर (पितृबुढो)को ‘पिरती बुनेसी’ सार्वजनिक गरिएको छ । 

आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोकतथा दोहोरी गायक पितृबुढोले पिरती बुनेसी सार्वजनिक गरेका हुन् । सो गीतमा पितृबुढो र सीमा नेपालीको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द सृजना र संगीत छ । 

महेन्द्र भण्डारीको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन  र कोरियोग्राफी स्मृति तिमिल्सिनाले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् । पिरती बुनेसीमा निक्स शर्मा, सभिरा बोहरा र आर्जु कुँवरको अभिनय छ । 

 

Logo