म्याद नाघेको खानेकुरा खाँदा के हुन्छ ?

म्याद नाघेको खानेकुरा खाँदा के हुन्छ ?


हाम्रो देशमा अधिकांश मानिसले प्याकेज गरिएको कुनै पनि वस्तु प्रयोग गर्नुअघि त्यसको म्याद सकिने मिति जाँच गर्दैनन् । अधिकांश मानिसहरुले एक्स्पायरी डेट सकिएपछि पनि ती चीजहरू प्रयोग गर्छन्। कहिलेकाहीँ यस्तो खानेकुरा खाएपछि मानिसलाई केही हुँदैन भने कहिले घातकभन्दा घातक रोगह पनि निम्तिन्छन् । धेरै एक्सपायरी डेट सकिएका सामान प्रयोग गर्ने कि नगर्ने ? आउनुहोस् जानौँ । 

म्याद नाघेका बस्तु उपभोग गर्नु ठिक कि बेठिक ?

कतिपय अवस्थामा म्याद सकिएको एक वा दुई दिनपछि उत्पादन प्रयोग गर्न नमिल्ने र हानिकारक हुने खाद्य विज्ञहरू बताउँछन् । तर केही यस्ता चीजहरू खाँदा सामान्यतया कुनै समस्या नहुने र एक्सपायरी डेट पछि प्रयोग गर्न सकिने विज्ञहरुको बुझाइ छ । जसले हामीलाई कुनै साइड इफेक्ट गर्दैन। 

म्याद सकिएको सामान प्रयोग गर्नुको बेफाइदा

म्याद सकिएको खाना खाँदा शरीरमा हानिकारक ब्याक्टेरिया आउन सक्ने खाद्य विज्ञहरू बताउँछन् । जसका कारण उक्त व्यक्तिमा वाकवाकी लाग्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता लक्षण हुन सक्छन् । ‘बेस्ट बिफोर’ म्याद सकिएको केही दिनपछि खाद्यवस्तुको प्रयोग गरियो भने धेरैजसो अवस्थामा ठूलो नोक्सानी हुँदैन ।खाद्यविज्ञहरूका अनुसार फ्रिज गरिएका खाद्यवस्तुहरू म्याद सकिएको केही दिनपछि पनि प्रयोग गर्न सकिन्छ । खाद्य वस्तुहरूमा उल्लेख गरिएका तीन प्रकारका मितिहरू बेस्ट बिफोर डेट,द सेल बाइ डेट,र यूज्ड बाइ डेट हुन्छन् । जसले उत्पादनको गुणस्तर, स्वाद र ताजापन सुनिश्चित गर्ने समय सीमालाई जनाउँछ।

Logo