आज नागढुंगा सुरुङको ‘ब्रेक थु’ हुँदै, विभागिय मन्त्री पुग्ने

आज नागढुंगा सुरुङको ‘ब्रेक थु’ हुँदै, विभागिय मन्त्री पुग्ने


बहु प्रतिक्षित नागढुंगा-नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ। निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो।  

अब 'ब्रेक थु' गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ। २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागेपछि एक मिटर मात्रै बाँकी राखिएको हो। जो आज ‘ब्रेक थ्रु’ गरिने छ। 

सो 'ब्रेक थु' हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन्। उनकाे उपस्थितिमा साे 'ब्रेक थु' गरिने छ। यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज 'ब्रेक थु' गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ।

मुख्य टनेलकाे सुरूङकाे काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ। २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। 

Logo