६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ

६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ


दार्चुलाकाे गोकुलेश्वरबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ। सोमबार बिहान शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ केजी १ सय ग्राम लागूऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका-४ का ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन्।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जना पक्राउ परेका हुन्। प्रहरी टोलीले शंका लागि जाँच गर्दा दुवै जनाले बोकेको झोलामा प्लास्टिकभित्र लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको हो। 

Logo