क्रिस लिनले दीपेन्द्रसिंह ऐरीसँग मागे माफी

क्रिस लिनले दीपेन्द्रसिंह ऐरीसँग मागे माफी


ग्लोबल टी–२० क्यानडा क्रिकेटको उपाधि जितेको मोन्टेरियल टाइगर्सका कप्तान क्रिस लिनले नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँग माफी मागेका छन्।

फाइनल खेलमा सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै उपाधि जितेपछि अस्ट्रेलियाका स्टार ब्याटर लिनले दीपेन्द्रलाई गराएको रिटायर आउटमा माफी मागेका हुन् । ‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु। मैले कहिल्यै सोचेको थिइनँ, कुनैदिन ब्याटरलाई रिटायर गराउनेछु। तर, जब टिममा आन्द्रे रसेल जस्ता खेलाडीको पालो आउन बाँकी रहन्छ, टिम अझ सशक्त हुन्छ भने त्यस्तो निर्णय लिनुपर्छ। हाम्रो निर्णय सही साबित भयो र हामी च्याम्पियन भयौं।’ उनले भने । तर, उनले दीपेन्द्रकाे प्रतियाेगिताभरकाे प्रदर्शनमा भने तारिफ गरे । 

उपाधिका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सका लागि दीपेन्द्र १८औं ओभरको अन्तिम बलमा दीपेन्द्र रिटायर्ड हर्ट आउट भएका थिए। बाउन्ड्री आवश्यक परिरहेका बेला लिनले दीपेन्द्रलाई फिर्ता बोलाएका थिए । उनले १७ बलमा १ चौकासहित १६ रन बनाएका थिए ।  उनीपछि ब्याटिङमा आन्द्रे रसल आउँदै थिए। रसेलले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँदा रसेलले अन्तिम बलमा छक्का हान्दै खेल जिताएका थिए । 

नेपालका स्टार बलर सन्दिप लामिछाने आबद्ध जगुअर्सलाई टाइगर्सले ५ विकेटले हराउँदै उपाधि जितेको हो।

Logo