#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590428536199622642579514
नेपाल10425850187

केजरीवालको सपथ ग्रहणमा नरेन्द्र मोदी अनुपस्थित

भारतको आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल तेस्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बनेका छन् । उनले आज रामलिला मैदानमा तेस्रो पटक मूख्यमन्त्री पदको सपथ खाएका हुन् । अघिल्लो शनिबार आपले विधानसभाको चुनावमा ७० मध्ये ६२ सिट जितेर दुईतिहाई बहुमतको सरकार बनाउने पक्का गरेको थियो ।

आपले ६२ सिटमा जित दर्ता गर्दा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) आठ सिटमा सिमित बनेको थियो भने विपक्षी कांग्रेसले दिल्लीमा खातासमेत खोल्न सकेन । केजरीवाललाई दिल्लीका उपराज्यपाल अनिल बैजलले पद र गोपनियताको सपथ खुवाएका थिए । सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाइएको भएपनि उनी उपस्थित भएनन् ।

दिल्ली चुनावमा केजरिवालले सालिन ढंगको प्रचार–प्रसार गरेर पनि जनताको मन जितेका थिए भने बिजेपीले उत्ताउलो र आक्रामक प्रचार गरेको थियो । बिजेपीका कतिपय नेताले केजरिवाललाई मानसिक असन्तुलनको संज्ञा पनि दिएका थिए । सपथ ग्रहणमा प्रधानमन्त्री मोदी उपस्थित हुन नसक्नुको मुल कारण यसैलाई मानेका छन्, विश्लेषकहरुले । यसअघि उपमुख्यमन्त्री रहेका तथा आप पार्टीका थिंकट्यांक मानिएका मनिस सिसोदियाले केजरीवालको मन्त्रीपरिषदमा मन्त्रीको सपथ लिएका छन् । उनीसँगै गोपाल राई, कैलाश गाहलोट र इमरान हुसैनले पनि सपथ ग्रहण लिएका छन् ।

सन् २०१५ मा ७० मध्ये ६७ सिट ल्याएर दिल्लीमा केजरीवालले सरकार बनाएका थिए । उनले ६७ सिट ल्याउँदा बिजेपीले ३ सिटमा चित्त बुझाउनु परेको थियो । त्यसअघि सन् २०१३ मा भएको चुनावबाट मुख्यमन्त्री बनेका केजरीवालले ४९ दिनपछि नै राजीनामा दिएका थिए ।

दिल्लीका मुल समस्या पानी र विजुलीको समाधान लगायतका धेरै सामाजिक कार्यमा खरो उत्रिएपछि केजरिवालले फेरि दुई तिहाई बहुमत ल्याएको आम विश्लेषण रहेको छ । खासगरी मुस्लिम समुदायमाथि केन्द्र सरकार कठोर बन्दै गएकाले दिल्लीका १४ प्रतिशत जनताले बिकल्पको रुपमा आपको चुनाव चिन्ह झाडु मन पराएको अर्कोथरीको विश्लेषण छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार