#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दालाई आज 'हेर्दाहेर्दैमा' राखिएको छ  ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लभ मैनाली लगायतले बहस गरेका थिए ।महरामाथि आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेको छ । गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । महरा हाल पुर्पक्षका लागि  डिल्लीबजार कारागारमा छन् ।

पूर्वसभामुख महराको मुद्दा ‘हेर्दाहेर्दैमा’, फैसला सोमबार

पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दालाई आज ‘हेर्दाहेर्दैमा’ राखिएको छ  ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लभ मैनाली लगायतले बहस गरेका थिए ।

महरामाथि आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेको छ । गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । महरा हाल पुर्पक्षका लागि  डिल्लीबजार कारागारमा छन् ।

सम्बन्धित समाचारहरु