एमालेलाई माओवादीकाे जवाफ- सदन प्रतिपक्षको मात्रै भनेर कतै लेखिएको छैन

एमालेलाई माओवादीकाे जवाफ- सदन प्रतिपक्षको मात्रै भनेर कतै लेखिएको छैन


माओवादी केन्द्रको सांसद देवेन्द्र पौडेलले सदन प्रतिपक्षको मात्रै नभएको तर्क गरेका छन् । 

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको समस्याहरु उठ्नु पर्ने प्रमुख स्थानको रुपमा सदन रहेको भन्दै संसदको कुनै पनि नियामावलीमा सदन प्रतिपक्षको मात्रै हो भनेर नलेखिएको बताएका हुन् । 

सदननिर्वाचित जनप्रतिनिधिहरुको साझा भएको सांसद पौडेलको तर्क छ । उनले भने, ‘संसदलाई सुरु गर्न र जनताको समस्याहरु उठ्नु पर्ने प्रमुख स्थानको रुपमा सदनलाई लिइन्छ । यो सदन हामी सबैको हो कुनै पनि नियमावलीमा यो सदन प्रतिपक्षको हो भनेर लेखिएको छैन् । निर्वाचित जनप्रतिनिधिहरुको साझा सदनको रुपमा सदनलाई बुझेका छौँ । त्यही अनुरुप अगाडि बढ्नुपर्छ  ।’

उनले संसद जनताको समस्या राख्ने थलो भएको हुदाँ प्रतिपक्षका दलहरुलाईसदन नरोकिकन आफ्नो भनाईहरु राख्न अनुरोध पनि गरेका छन् ।

यस्तै, सांसद पौडेलले राम्रो कामलाई राम्रो भन्न सक्नु पर्ने भन्दै छानविन भईरहेको छ, धैर्यताका साथ बस्नको लागि पनि आग्रह गरेका छन् । उनले भने, ‘योभन्दा पहिला पनि सरकार थियो, गृहमन्त्री थियो पहिला पनि सुनको विषय आएको रहेछ । व्यापार भएको रहेछ तर यही सरकारले खोज्नु पर्छ भनेर आएको कुरालाई म प्रश्न गर्न चहान्छु यो विषयमा सहयोग गर्नको लागि के ले रोकेको छ । राम्रो कामलाई त राम्रो भन्न सक्नु पर्छ नि, छानविन भईरहेको छ, यसमा धैर्यताका साथ बस्नको लागि पनि आग्रह गर्न चहान्छु ।’

Logo