नेता भएकै कारण ज्यान मार्दा पनि छुट पाउने जमाना छैनः प्रमुख सचेतक चौधरी

नेता भएकै कारण ज्यान मार्दा पनि छुट पाउने जमाना छैनः प्रमुख सचेतक चौधरी


एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेता भएकै कारण ज्यान मार्दासमेत छुट पाउने अवस्था परिर्वतन हुदै गएको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा मंगलबार प्रमुख सचेतक चौधरीले सरकारका संयन्त्रलाई अविश्वास गर्नुपर्ने अवस्था नरहेको दाबी गर्दै आज आम नागरिकमा समेत राज्य छ भन्ने अनुभूति बढेको दाबी गरे । 

उनले भने ‘हिजोको राजनेता राजनीतिक दल भन्दा वित्तिकै जे पनि गर्न मिल्ने । जे पनि गर्न सक्ने थियो । दिउसै ज्यान मार्दा पनि चोखिने कुरा थियो । अरबौंमा खरबौंमा पोलिसीमेकिङ गरेर पोलिसीमा करप्सन गर्ने कुरा थियो । तर पछिल्लो समय जनतामा आशा जागेको छ । नेपालमा सरकार छ हुनुपर्छ भन्ने आशा जागेको छ ।’ 

प्रमुख सचेतक चौधरीले एमालले सुन प्रकरणमा छानविन समिति गठनको माग गरेको प्रशंगमा यसअघि पनि समिति बनेर रिर्पोट समेत सार्वजनिक नभएको इतिहास रहेको भन्दै सरकारी संयन्त्रमा विश्वा गर्नु पर्ने धारणा राखे । ‘संसदीय समितिको कुरा छ । आज हामीले जे जति युनिट संयन्त्र बनाएका छौं । त्यसको रिर्पोट कहाँ छ ?’उनले भने ‘सुनलगायतका प्रकरणमा अपराधिहरु पत्ता लागेका छन् । अपराधिहरु पत्ता लागेकै कारणले भिआइपी भनिएका, ठानिएका पूर्व गृहमन्त्री, पूर्व उपप्रधानमन्त्री जेलको चिसो छिडिमा हुनुहन्छ ।’

उनले अहिले भइहरेको छानविनमा सहयोग गर्न आग्रह गरे । ‘आज हामीले जुन सिआइवीको विषयमा प्रश्न उठाइरहेका छौँ । नेपाल सरकारले निर्माण गरेको संस्था हो । यही संसदले बनाएको संयन्त्र हो । यसलाई काम गर्न दिऔं ।’

Logo