एमालेलाई चित्त बुझेन गृहमन्त्रीको जवाफ, संसद बैठक स्थगित

एमालेलाई चित्त बुझेन गृहमन्त्रीको जवाफ, संसद बैठक स्थगित


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि आजको संसद बैठक स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम, सदनमा दिएको जवाफ सकिन नपाउँदै एमाले चेतक महेश बर्तौलाले उनको जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानविन समितिको माग यथावत रहेको त्यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताए । उनले भने ‘अतिरिक्त समय लिएर बोल्नु पर्छ भन्ने हामीलाई लागेको थिएन् । गृहमन्त्रीले उपयुक्त ढंगले जवाफ दिनु होला भन्ने लागेको थियो । उहाँले उठेका विषय भन्दा बढी राजनीतिक प्रवचन दिनुभयो । प्रतिपक्षका भनाई प्रति सरकार गम्भीर हुन सकेन । ’ 

सरकारले प्रतिपक्षको मागलाई वेवास्ता गर्दै जनतालाई भ्रम छर्न लागेको उनको आरोप छ । ‘सरकारले सदनमार्फत जनतालाई भ्रम पार्न पाईदैन । मलाई पहिल्यैदेखि म यहाँ आएर जवाफ दिन पाइनँ भन्नुभयो । घुमाउरो पाराले प्रतिपक्षकै कारणले रोकिएको भ्रम छर्न खोजेको उनको आरोप छ ।’ 

त्यसलगत्तै एमालेका सांसद उठेर विरोध गरेका थिए । 

Logo