फ्रान्स क्वार्टरफाइनलमा

फ्रान्स क्वार्टरफाइनलमा


उपाधि दाबेदार फ्रान्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

हिन्दमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा मंगलबार भएको खेलमा मोरक्कोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलको यात्रा तय गरेको हो । फ्रान्सको जितमा युजेनी ले सोमेरले दुई तथा काडियाटोउ डिएनी र केन्जा डालीले समान एकएक गोल गरिन् ।

अब फ्रान्सले क्वार्टरफाइनलमा आयोजक अष्ट्रेलियासँग खेल्नेछ ।

आजै भएको अर्को खेलमा कोलम्वियाले जमैकालाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अब कोलम्वियाले क्वार्टरफाइनल मा इंग्ल्यान्डको सामना गर्नेछ ।

Logo