#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
अपाङ्गता भएका पत्रकारहरुले सञ्चारगृहले सामान्य व्यक्ति र आफुहरुबीच पारिश्रमिकमा विभेद गर्ने गरेको गुनासो गरेका छन् ।‘अपाङ्गता भएका पत्रकारहरुको समस्या र समाधान’ विषयमा आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका पत्रकारहरुले आफुहरुको पारिश्रमिक निकै कम हुने गरेको गुनासो गरेका हुन् । उनीहरुले आफुहरु अन्य पत्रकार सरह काम गर्न सक्ने र सो भन्दा बढी मेहनत गर्न सक्नेपनि पारिश्रमिकमा विभेद हुनेगरेको गुनासो गरेका हुन् । पत्रकार गजेन्द्र बुढाथोकीले आफुहरुले अन्य पत्रकारसरह काम गर्न सक्ने भएपनि अवसर नपाउने र अवसर पाइहालेपनि पारिश्रमिकमा निकै ठूलो विभेद हुने गरेको बताए  ।प्रेश काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले जेष्ठ पत्रकारलाई भत्ता उपलब्ध जस्तै अपाङ्गता भएका पत्रकारहरुलाई पनि जीवन निर्वाह भत्ता उपलब्ध गराउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अपाङ्गता भएका पत्रकारहरुको गुनासो सुनेपछि अध्यक्ष श्रेष्ठले अपाङ्गता पत्रकारहरुले प्रयोग गर्ने सवारी सधनमा कर छुट, सञ्चार सामाग्हरीरुमा कर छुटको व्यवस्था मिलाउन पनि लागिपर्ने बताए  ।नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिको वर्गिकरण गरेर नियमित रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । अन्तरक्रिया कार्यक्रममा विभन्नि सञ्चार माध्यममा कार्यरत अपाङ्गता भएका पत्रकारहरुले आफ्ना अनुभवहरु सुनाएका थिए । विधा र विषयगत रुपमा संगठित हुँदै आएका पत्रकारहरु जस्तै अपाङ्गता भएका पत्रकारहरु पनि आफ्नो वृति विकास र उचित पारिश्रमिकका लागि संगठित भई सामुहिक सौदाबाजिमा उत्रने भएका छन् ।

पारिश्रमिकमा विभेद हुने गरेको अपाङ्गता भएका पत्रकारहरुको गुनासो

अपाङ्गता भएका पत्रकारहरुले सञ्चारगृहले सामान्य व्यक्ति र आफुहरुबीच पारिश्रमिकमा विभेद गर्ने गरेको गुनासो गरेका छन् ।

‘अपाङ्गता भएका पत्रकारहरुको समस्या र समाधान’ विषयमा आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका पत्रकारहरुले आफुहरुको पारिश्रमिक निकै कम हुने गरेको गुनासो गरेका हुन् । उनीहरुले आफुहरु अन्य पत्रकार सरह काम गर्न सक्ने र सो भन्दा बढी मेहनत गर्न सक्नेपनि पारिश्रमिकमा विभेद हुनेगरेको गुनासो गरेका हुन् । पत्रकार गजेन्द्र बुढाथोकीले आफुहरुले अन्य पत्रकारसरह काम गर्न सक्ने भएपनि अवसर नपाउने र अवसर पाइहालेपनि पारिश्रमिकमा निकै ठूलो विभेद हुने गरेको बताए  ।

प्रेश काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले जेष्ठ पत्रकारलाई भत्ता उपलब्ध जस्तै अपाङ्गता भएका पत्रकारहरुलाई पनि जीवन निर्वाह भत्ता उपलब्ध गराउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अपाङ्गता भएका पत्रकारहरुको गुनासो सुनेपछि अध्यक्ष श्रेष्ठले अपाङ्गता पत्रकारहरुले प्रयोग गर्ने सवारी सधनमा कर छुट, सञ्चार सामाग्हरीरुमा कर छुटको व्यवस्था मिलाउन पनि लागिपर्ने बताए  ।

नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिको वर्गिकरण गरेर नियमित रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । अन्तरक्रिया कार्यक्रममा विभन्नि सञ्चार माध्यममा कार्यरत अपाङ्गता भएका पत्रकारहरुले आफ्ना अनुभवहरु सुनाएका थिए । विधा र विषयगत रुपमा संगठित हुँदै आएका पत्रकारहरु जस्तै अपाङ्गता भएका पत्रकारहरु पनि आफ्नो वृति विकास र उचित पारिश्रमिकका लागि संगठित भई सामुहिक सौदाबाजिमा उत्रने भएका छन् ।

सम्बन्धित समाचारहरु