विगतको सरकारको गल्ती हो भनेर सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैनः अध्यक्ष सिंह

विगतको सरकारको गल्ती हो भनेर सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैनः अध्यक्ष सिंह


नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी, म्याद थपलगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्र्शन गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टीबाँधेर विरोध प्रदर्शन गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार आफुहरुले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफुहरुलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताए । 

उनले भने ‘सरकारलाई काम गर्ने कार्यतालिका हामी दिन्छौं । सरकारले हामीलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्छ । यो विगतको सरकारले गरेको गल्ती हो भनेर सरकार पन्छिरहेको छ । यसको लागि प्रधानमन्त्री र अर्थमन्त्री जिम्मेवार हुनुपर्छ ।’ अध्यक्ष सिंहले राज्यले आफ्नो आन्दोलनलाई स्वीकारेर माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए । राज्यले यसको जिम्मेवारी नलिने हो भने निमार्ण व्यवसाय अगाडि बढ्न नसक्ने उनको भनाई छ ।
 

Skip This
Logo