प्रधानमन्त्रीकाे दाबी- कोशीको नाम किराँत प्रदेश प्रस्ताव गर्दा कसैले मानेनन्

प्रधानमन्त्रीकाे दाबी- कोशीको नाम किराँत प्रदेश प्रस्ताव गर्दा कसैले मानेनन्


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूबाहेक सबै दल र नेता आदिवासी, जनजाति र पहिचार पक्षधरको विरुद्धमा रहेको ठोकुवा गरेका छन्।

२९औँ आदिवासी दिवसमा अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूमात्रै आदिवासी, जनजाति र पहिचानको पक्षमा रहेको दाबी गरेका हुन् । ‘पहिचानवादीहरुको पक्षमा पटकपटक आवाज उठाउँदा अन्य दलहरुले समर्थन गर्दैनन्।’ उनले भने, ‘मैले कोशी प्रदेशको नाम पनि किराँत  प्रदेश राख्ने प्रस्ताव गरे पनि अरु दलले समर्थन गरेनन्।’

त्यस्तै, आगामी २०८४ सालको चुनावमा सबै पहिचानबादीका पक्षधरले चुनाव जित्नुपर्ने समेत प्रधानमन्त्री प्रचण्डको तर्क छ । उनले अधिवक्ता शीतल पाण्डेको अभिव्यक्तिविरुद्धको आदिवासी जनजातिको प्रदर्शनमा प्रहरी प्रशासनले निर्ममता प्रर्दशन गरेकोसमेत स्वीकार गर्दै त्यसमा निष्पक्ष छानबिन हुने आश्वासन दिए ।

Skip This
Logo