आजदेखि महिला विश्वकप फुटबल क्वाटरफाइनलका खेल हुने

आजदेखि महिला विश्वकप फुटबल क्वाटरफाइनलका खेल हुने


महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरू हुनेछन् । क्वाटरफाइनलका खेल स्पेन र नेदरल्यान्ड्स,जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच हुनेछ ।

११ अगस्ट अर्थात शुक्रबार स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ । १२ अगस्टमा अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।

त्यस्तै, १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समुहमा विभाजन गरिएको थियो ।

सन् १९९१ देखि सुरु महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागि थियो । चार वर्षअगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको संख्या २४ पुगेको थियो । अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने महिला विश्वकपको नवौं संस्करणमा पुरस्कार राशि पनि बद्धि गरिएको छ । झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।

महिला विश्वकपको पहिलो संस्करण सन् १९९१को नोभेम्बर १६ देखि ३०सम्म चीन, दोस्रो १९९५ जुन ५ देखि १८सम्म स्विडेन, तेस्रो १९९९ जुन १९ देखि जुलाई १० सम्म अमेरिका,चौथो २००३सेप्टेम्बर २० देखि अक्टोबर १२ सम्म अमेरिकामा भएको थियो । त्यस्तै, पाँचौं संस्करण सन् २००७ सेप्टेम्बर १० देखि ३०सम्म चीन, छैटौं २०११ जुन २६ देखि जुलाई १७ सम्म जर्मनी, सातौं २०१५ जुन ६ देखि जुलाई ५ सम्म क्यानडा र आठौं २०१९ जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा भएको थियो । 

 

Logo