पाकिस्तानको संसद भंग, तीन दिनभित्र नयाँ प्रधानमन्त्री

पाकिस्तानको संसद भंग, तीन दिनभित्र नयाँ प्रधानमन्त्री


पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकारले संसद भंग गरेको छ । संसदको कार्यकाल तीन दिन मात्र बाँकी रहेका बेला बुधबार रातिको मन्त्रिपरिषदले राष्ट्रपति आरिफ अल्वीलाई संसद भंगको सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार मध्यरातमै संसद भंग गरिदिएका छन् । 

सरकारी सञ्चार माध्यम प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तानको संसदको कार्यकाल १२ अगस्ट सम्म रहेको थियो । संसद भंगसँगै मन्त्रिपरिषद पनि विघटन भएको छ । तीन दिनभित्रै नयाँकार्यबाहक प्रधानमन्त्री चयन तयारी भएको छ । विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीचको सहमतिमा नयाँ प्रधनमन्त्री तोकिने बीबीसीले जनाएको छ । पाकिस्तानमा ९० दिनभित्रमा आम निर्वाचन हुनेछ । 

राजनीतिक नेतृत्व भन्दा त्यहाँ सेना सरकार सञ्चालनमा सेना हावी हुँदै आएको छ । भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजायँ तोकिएपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई बुधबार मात्र पाँच वर्षका लागि सार्वजनिक पद धारणा गर्न प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय घोषणा भएको उनको सांसद पद पनि त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिएको छ । त्यससँगै उनको राजनीतिक भविष्य अन्योलमा रहेका बेला संसद पनि भंग भएको हो ।  

Logo