रोयल्टी बुझाउन १६ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

रोयल्टी बुझाउन १६ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन


नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशन गर्दै अनुमतिप्राप्त गरेका १६ वटा कम्पनीलाई दूरसञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूरसञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको हो ।

इन्टरनेट सेवाप्रदायक कम्पनीले रोयल्टी बापतको रकम २०७९ पुस मसान्तभित्र बुझाउनुपर्ने थियो । तर, प्राधिकरणको आग्रहलाई उनीहरुले वेवास्ता गरेपछि बिहीबार सूचना नै प्रकाशित गरेर शुल्क बुझाउनआग्रह गरेको छ । अन्यथा हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ । 

यस्तो छ सूची-

 

Logo