मिटर सिल चुँडिदा जेल जानुपर्ने कानून खारेजको माग राख्दै व्यवसायीले सडकमै तेर्स्याए ट्याक्सी

मिटर सिल चुँडिदा जेल जानुपर्ने कानून खारेजको माग राख्दै व्यवसायीले सडकमै तेर्स्याए ट्याक्सी


विभिन्न माग राख्दै ट्याक्सी व्यवसायीले काठमाडौंमा आन्दोलन गरेका छन्। बिहीबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने,उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने चालकहरुको भनाई छ । 

 

 

 

 

 

Logo