१ अर्बले घट्यो विद्युत प्राधिकरणको नाफा

१ अर्बले घट्यो विद्युत प्राधिकरणको नाफा


गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ  नाफा कमाएको छ ।

बिहीवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिएका हुन् । 

तर, प्राधिकरणको यो नाफा १ अर्ब ४ करोडले घटेको हो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो । गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङको भनाइ छ ।

Logo