माछापुच्छ्रे बैंकद्वारा फोटो पत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

माछापुच्छ्रे बैंकद्वारा फोटो पत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल फोटो पत्रकार महासंघलाई १ सय थान प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार बैंकको प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गर्दै बैंकले ती ज्याकेट उपलब्ध गराएको हो । नायब महाप्रवन्धक सर्जुकुमार थापाले महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आले र केन्द्रीय पदाधिकारीहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले प्रेस विज्ञप्ति जारी गर्दै बैंकले उक्त ज्याकेट उपलब्ध गराएको जनाएका छन् । कोरोना महामारीका कारण जारी लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानै पर्ने फोटो पत्रकारको पेशागत दायित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले उक्त सहयोग जुटाउने पहल गरेको हो । महासंघले जिल्ला तथा प्रदेशबाट माग भएका विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनिटाइजरहरु कार्यक्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराई रहेकोछ ।

कार्यक्रममा बैंकका कम्पनी सचिव टिका भट्टराई, बैंकका दायित्व तथा बाह्य मामिला विभाग प्रमुख सुनिल खतिवडा तथा दायित्व तथा बाह्य मामिला विभागकी नायव प्रतिमा पाण्डे उपस्थित थिए । त्यस्तै महासंघका केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायतको उपस्थिती थियो ।

Skip This
Logo