जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री


भारतीय बजारमा २०२३ जुलाई महिनामा १० प्रतिशत बढीले सवारी बिक्री भएको छ । 

जुलाई महिनामा बिक्री भएका सवारी साधनको तंथ्याक सार्वजनिक गर्दै फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले गत वर्ष २०२२ जुलाईको तुलनामा १० प्रतिशत बढीले सवारी बिक्री भएको जनाएको हो । यो वर्षको जुलाईमा १७ लाख ७० हजार १८१ सवारी बिक्री भएका छन् । अघिल्लो वर्ष १७ लाख ९ हजार २१७ सवारी साधन बिक्री भएका थिए । 

कम्पनीको तंथ्याकअनुसार मारुती सुजुकीको १ लाख १७ हजार वटा कार बिक्री गरेको छ, जुन सबैभन्दा बढी हो । योसँगै मारुती सुजुकीको मार्केट शेयर ४१.३९ प्रतिशत बढेको छ ।

त्यस्तै, हुन्डाई मोटरले ४० हजार ९४५, टाटा मोर्टसले ३९ हजार ३३, महिन्द्रा एन्ड महिन्द्राले २८ हजार ७७८, टोयटा किर्लोस्कर मोटरले १५ हजार ३५७, किया मोर्टसले १४ हजार ३३८, स्कोडा अटोले ६ हजार ९८६, होन्डा कोर्सले ४ हजार ३३०, एमजी मोटरले ४ हजार २२१ र रोनाल्टले ३ हजार ८७३ वटा चार पाङ्ग्रे सवारी जुलाई महिनामा बिक्री गरेको छ । 

दुई पाङ्ग्रे सवारीमा भने हिरो मोटरले ३ लाख ६१ हजार सवारी बिक्री गरेको छ, जुन दुई पाङ्ग्रे सवारीको उच्च तंथ्याकको रहेको छ । 

Logo