#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व128982070625947080272115
नेपाल9081

”महराविरुद्ध पुनरावेदन हुने बाटो खुल्लै”

file photo

काठमाडौं । जबरजस्ती करणी अभियोगबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा स्वत: सांसदकाे रुपमा रहने भएका छन् । तर अझै पनि पुनरावेदन हुने बाटाे भने खुल्ला नै रहेकाे छ ।

सरकारवादी मुद्दा भएकाेले पुनरावेदन गर्ने नगर्ने अधिकार भने सरकारी वकिल कार्यालयसँग मात्र छ । महरालाई जिल्ला अदालतले निर्दोष साबित गरे पनि सरकारवादी उक्त मुद्दामा पुनरावेदनको बाटो भने खुल्ला नै छ तर पुनरावेदन गर्ने नगर्ने सरकारी वकिल कार्यालयले निर्णय नगरेकाे सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नुमराज खनालले बताए ।

जिल्ला अदालतले गरेकाे फैसलाकाे अध्ययन गरेपछि मात्र सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने/नगर्ने निर्णय लिन सक्नेछ । अहिले समाचार मात्र बाहिर आएकाे तर कुनै आधिकारीक जानकारी नआएकाे सरकारी वकिल कार्यालयका सूचना अधिकारी खनालले बताए ।

”तर पुनरावेदन दर्ता मात्र भएकाे  अवस्थामा उनी सा‌ंसदबाट निलम्बन भने हुदैनन् । ”- सरकारी वकिल कार्यालयका सूचना अधिकारी खनालले बताए ।

सम्बन्धित समाचारहरु