#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व131010272557962505275040
नेपाल9081

तुम्बाहाङ्फे मन्त्री बनेपछि मन्त्रिपरिषदमा महिलाको सहभागिता १२ प्रतिशत पुग्यो (भिडियोसहित)

काठमाडौं ।

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त भएकी छिन् । तुम्बाहाङ्फेले सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको रूपमा राष्ट्रपतिसँग शपथ ग्रहण गरेकी हुन् । मन्त्री तुम्बाहाङ्फेले आफू पहिले पनि कानून बनाउने ठाउँमै रहेकोे बताउँदै आपूmले पूर्णरुपमा जिम्मेवारी बहन गर्ने बताइन् ।

अग्नि सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाएको थियो । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तुम्बाहाङ्फेले सभामुख पदको दावी गर्दै आएकी थिइन् ।

ताप्लेजुङकी तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । उनले राजनीतिशास्त्रमा ‘नेपालमा राजनीतिक महिला आन्दोलनः विश्लेषणात्मक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेकी छन् । विद्यार्थीकालमा उनी अनेरास्वियूको केन्द्रीय उपाध्यक्ष बनेकी थिइन् ।

तुम्बाहाङ्फेको नियुक्तिसँगै मन्त्रिपरिषद्मा महिलाको सहभागिता १२ प्रतिशत पुगेको छ । मन्त्रिपरिषदमा २१ मन्त्री र तीन राज्यमन्त्री छन् जसमा तीन जना महिला छन् । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराइनुपर्ने उल्लेख छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचारहरु

ताजा समाचार