राजनीतिक प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो -चन्द्र भण्डारी

राजनीतिक प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो -चन्द्र भण्डारी


नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले राजनीतिक प्रतिशोधमा सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सांसद भण्डारीले नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालेका टिप्पणी गरेका हुन् । ‘नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्नु हुँदैन । यो गलत हो ।’ उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दैमा उन्मुक्ति पाउने, मीनबहादुरले फिर्ता गरेपछि किन उन्मुक्ति नपाउने ? सुनिल शर्माको केस अदालतले सफाइ दिएको छ । थुन्नुपर्ने किन ?’ 

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्दै आएका सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको थियो। त्यसपछि उनलाई एकाएक पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरिरहेका छन् ।

Logo