गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने सांसद शर्मा पक्राउपछि नेता केसीले भने- याे संयोग मात्र हो ?

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने सांसद शर्मा पक्राउपछि नेता केसीले भने- याे संयोग मात्र हो ?


नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले पार्टीका सांसद डा सुनिल शर्मा पक्राउ गरेपछि सरकारको नियतीमाथि शंका व्यक्त गरेका छन् । 

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्दै आएका सांसद शर्मालाई एकाएक समातिनुमा यो प्रकरण पुन: युद्धस्तरमा तातेको हो या संयोग मात्र हो भन्दै उनले प्रश्नसमेत गरेका छन् । 

‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे  को छानबिन  ‘अपरेशन क्वाक’ ले  ७ वर्षअघि नै अनुसन्धान शुरु गर्यो  र छाड्यो ? त्यही केस हाल आएर सीआईबी  ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनील शर्मालाई पक्राउ गरेको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण  पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’

Logo