सुनिल शर्माकाे पक्राउ अप्रत्याशित र आपत्तिजनक रहेकाे कांग्रेसकाे ठहर

सुनिल शर्माकाे पक्राउ अप्रत्याशित र आपत्तिजनक रहेकाे कांग्रेसकाे ठहर


नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ।

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । पार्टीको सांसद पक्राउ गर्नु अनुचित भएको र आइतबार बस्ने बैठकले धारणा सार्वजनिक गर्ने प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने । 

‘आज आपत्तिजनक र गम्भिर ढंगले साथीहरुले यो बिषयलाई उठाउनुभएको छ। यसलाई गम्भिरतापूर्वक लिएका छौं। थप छलफल हुन्छौं। र पर्सी निर्णय गर्छौं।’ उनले भने । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन तस्करी प्रकरणमा नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका सांसद शर्मा एकाएक पक्राउ परेपछि कांग्रेस सांसदहरुले सरकारले प्रतिशोध साँधेको टिप्पणी गरिरहेका छन् । सामान्य केसमा संसद चलिरहेको बेला सांसद पक्राउ गर्नु गैरकानूनी र गैरसंसदीय अभ्यास भएको उनीहरूकाे भनाई छ । 

Logo