नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका व्हिस्की बजारमा

नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका व्हिस्की बजारमा


विश्व प्रसिद्ध ह्विस्की ब्रान्ड सिग्नेचरका दुई उत्पादन सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन् । 

सन् १९९४ मा स्थापित ह्विस्की ब्रान्ड सिग्नेचरका दुई ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा आएको हो।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जस मध्ये एन्टिक्यटुी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की , सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड्का , ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन्  । 

केही समयअघि नेपाल लिकर्सले स्मिरनफ भोड्का पनि नेपाली बजारमा ल्याएको थियो ।  यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्र्याएको हो ।  हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की, बजारमा एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Logo