#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व645276138248430025803067697
नेपाल209981825266

कोरोना भाइरसबाट चीनमा १ हजार ८६८ जनाको मृत्यु

file photo

हुबेई ।

कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ ।

यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ ।

गत डिसेम्बरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको प्राप्त समाचारमा जनाइएको छ । हालसम्म २८ देशका ७४ हजार ४३६ जनामा यस रोगको संक्रमण फैलिएको छ ।

चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म एक हजार ८६८ जनाको ज्यान गएको छ ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ । सिन्ह्वा

सम्बन्धित समाचारहरु

ताजा समाचार