तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० साउन २७ गते शनिबार। १२ अगस्ट २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज जोशजाँगर र हिम्मत बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव पनि बढ्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज आँटेको र ताकेको कार्य पुरा होला। खानपिन कार्यमा सरिक भइनेछ। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कष्टकर यात्रा गर्नुपर्ला। भ्रमण, तथा खानपान खर्च बढ्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। राज्यबाट सहयोग मिल्नेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। कुटुम्बको सहयोग मिल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
परोपकार काम गर्नुमा नै भलो हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा सजग भएर काम गर्नुहोला। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज रमाइलो यात्रा रहनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
परोपकारी कार्यमा संलग्न भइनेछ। साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
गरेको लगानीबाट नोक्सानी हुनसक्छ। लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला। चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना बन्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको सहयोग पाइनेछ। आफन्तसँग भेटघाट पनि हुनेछ।

Logo