यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ। 

जसअनुसार नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा १० रुपैयाँले घटेको छ। गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १३० रुपैयाँ निर्धारण गरिएको छ।

लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ। रातो आलुको न्यूनतममूल्य ४८रुपैयाँ, सुकेको प्याज भारतीय २ रुपैयाँले बढेर आज प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ। 

आज घिउ सिमी,लोकल काँक्रो,भटमास कोशामा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ। यता परवलमा प्रतिकेजी ५ रुपैयाँ र डल्ले च्याउमा २० रुपैयाँले मूल्य घटेको छ। यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ६०,मुला रातो ४०,भन्टा लाम्चो ३५,मकै बोडी ७०, भटमास कोशा ९० रुपैयाँ तोकिएको छ।

तितो करेला ४०, लौका ५०, परवल ४५,घिरौंला २०,फर्सी पाकेको ५०,कन्ने च्याउ १६०, डल्ले च्याउ ३३०, काँक्रो लोकल ५०रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। तोरीको साग प्रतिकेजी ४० रुपैयाँ हुँदा हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ।
 
समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ। कागती १३०, अनार ३००, आँप मालदह २२०,तरबुजा हरियो ७०,मौसम १६०,किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ। हिजोको तुलनामा फलफूलमा आँपको मूल्य २० रुपैयाँ र मौसम प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ। 

Skip This
Logo