अवरुद्ध संसद खुलाउन अब काँग्रेसले पहल गर्नुपर्छः प्रकाशमान सिंह

अवरुद्ध संसद खुलाउन अब काँग्रेसले पहल गर्नुपर्छः प्रकाशमान सिंह


नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनुपर्ने बताएका छन्। संसद अवरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा काँग्रेसले अवरुद्ध संसद खुलाउन पहलकदमी लिनुपर्ने बताएका हुन्। 

काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नुपर्ने बताएका छन्।

‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद अवरुद्ध भइरहनु राम्रो कुरा होइन,अब ठुलो दलको हैसियतमा काँग्रेसले नै संसदको अवरोध हटाउन पहल गर्नुपर्छ,’सिंहले भने। 

विगतमा पनि काँग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन्। १०० केजी सुन प्रकरण भन्सारबाट निकाले पछि राजश्व अनुसन्धान विभागले समाएको थियो।

साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला काँग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो। 

Logo