नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छः शेखर कोइराला

नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छः शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् । 

शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेता कोइरालाले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे । ‘भारतमा १३ सय देखि १४ सय टन सुन खपतहुने रहेछ त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन् ।’ उनले भने, ‘४ सय देखि ५ सय टन सुन अवैध रुपमा भारत गईरहेको छ । नेपालबाटै गएको होला । यो ७दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले  पनि गईहरेको छ हामीलाई सूचना मात्र नभएको हो ।’

त्यस्तै, प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धिकरण विभागल्याउनु दुर्भाग्य भएको बताए । उनले भने ‘ओलीजी प्रधानमन्त्री हुँदा खेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौं । राजस्व अनुसन्धानविभाग र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुहुँदैन जुनपहिले जहाँ थ्यो त्यहीहुनु पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओलीजीले सुन्नुभएन । तर दुर्भाग्य हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो उहाँले पनि सुन्नुभएन । आफ्नै मातहतमा राख्नु भयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं उहाँले पनि आफ्नै मातहतमा राख्नुभयो ।’

सुन प्रकरण सुरु हुने साथै सिआइबीलाई अनसन्धानका लागि दिनआफूहरुले आग्रह गरेको उनको भनाई छ । 

Logo