नेपाली बजारमा भित्रिँदै इलेक्ट्रिक एसयूभी सेरेस -३

नेपाली बजारमा भित्रिँदै इलेक्ट्रिक एसयूभी सेरेस -३


नेपाली बजारमा सेरेस ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी भित्रिने भएको छ । एमएडव्लू ग्रुपअन्तर्गतको कम्पनी एमएडव्लू बृद्धीले इलेक्ट्रिक एसयूभी सेरेस–३ केही दिनमा नेपाल भित्र्याउने तयारी गरेको हो । 

सो नयाँ एसयूभीलाई भदौ २६ देखी काठमाडौंमा आयोजना हुने नाडा अटो सोमा औपचारिक लन्च गर्ने कम्पनीको तयारी छ । 

यस इलेक्ट्रिक एसयूभीमा ५० किलोवाट आवरको व्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । एकपटकको सिंगल चार्जमा यसलाई ४०० किलोमिटर गुडाउन सकिनेछ, यसको पावर १६३ पीएस र टर्क ३०० एनएम रहेको छ ।

दुई भेरिएन्टमा नेपाली बजारमा भित्रिने इलेक्ट्रिक एसयूभीको टप भेरिएन्टमा सनरुफ, ३६० डिग्री क्यामेरा र एडिएएसलागयत फिचर हुने अनुमान गरिएको छ । यसले बजारमा एमजी जेडएस, टाटा नेक्सन र बीवाइडी एट्टो–३ संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

Skip This
Logo