ओलीको गुनासाे- सुन तस्करीको छानविन भन्नेवित्तिकै सत्तापक्ष उठेर हा हु हा हु गर्छन्

ओलीको गुनासाे- सुन तस्करीको छानविन भन्नेवित्तिकै सत्तापक्ष उठेर हा हु हा हु गर्छन्


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन समिति बनाउन नदिएर आफैं छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपालीः देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले भने- ‘सुन प्रकरणको छानबिन किन आफैं गर्छु भन्नुहुन्छ ? यसको अर्थ र रहस्य गम्भीर छ । यो यतिकै छानविन गर्न नदिएको हैन नी ? छानबिन मात्र गर्न नदिएको हैन प्रतिपक्षले उठेर सुन तस्करीको छानविन भन्ने वित्तिकै सत्ता पक्ष जराकजुरुक उठेर हा हु हा हु गर्छन् । केही सुन्न र भन्न पाईंदैन ।’

यही सरकारको पालामा २२ पल्ट सुन तस्करी भएको र एक पटक समातिएको र त्यसको पनि आफैंले छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको अध्यक्ष ओलीले बताए । ‘उनको विरुद्ध २२ पल्ट सुन तस्करी भयो । एक पल्ट पक्राउ प-यो । २२ क्विन्टल पास भईसक्यो । पक्राउ पर्दाको कहानी बेग्लै छ । यहाँहरु छानबिन समिति निश्पक्ष समिति बनाउन मान्नु हुन्न । हामी छानबिन गरिहाल्छौं नि भन्ने । ए बा बा तपाईहरुले नै छानबिन चाही किन गर्नु पर्याे ? पहिले एयरपोर्टमा चाँहि किन गर्नु भएन । सियो छिर्दैन, २२ क्विन्टल सुन कसरी छिर्याे ?’ उनले भने ।

Logo