कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता


कैलालीमा नदीमा डुबेर शुक्रबार दुई बालिका बेपत्ता भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन्।

घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। दुवै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए। 

Logo