वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण


वरिष्ठ पत्रकार भैरव रिसालको ‘भैरव दाई’ पुस्तक लोकार्पण भएको छ । शनिबार काठमाडौंमा रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर सो पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएको छ । 

रिसालका अनुसार मानिसको  जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताएका छन् । 

समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, राष्ट्रियसभा सदस्य वामदेव गौतम, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, एमाले सांसद रघुजी पन्त र सूर्य थापा, नेकपा (माले)का महासचिव सिपी मैनाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागि थियो ।

Logo