रेखा थापाको ‘उपहार’ मा समिक्षाको स्वर

रेखा थापाको ‘उपहार’ मा समिक्षाको स्वर


नायीका रेखा थापाले निर्माणाधिन चलचित्र ‘उपहार’को गीतगायीका समिक्षा अधिकारीलाई उपहार स्वरुप दिएकी छिन्।

भदौ ७ गतेबाट सुटिङमा जान लागेको रेखाको चलचित्र उपहारका लागि अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्दमा रहेको गीत गायीका अधिकारीको आवाजमा रेकर्ड भएको हो। 

गीत रेकर्ड गराएपछि नायीका थापाले, आँफूले आफ्नो प्रतिवद्धता अनुसार नै प्रतिभावान गायीका अधिकारीको स्वर आफ्नो चलचित्रमा समेटेको बताइन्। उनले भनिन् ‘उनी साँच्चै प्रतिभावान छिन्। यस्तो प्रतिभालाई जोगाउनु हाम्रो सामाजिक दायित्व समेत हो भन्ने लागेर मैले पहिल्यै वचन दिएकी थिएँ। आज त्यो वचन पुरा गरेकी छु।’ 

उनले यसअघि समिक्षाबारे कसैले बोल्ने आँट नगरेको बेला समेत सामाजिक संजालमार्फत हिम्मतका साथ अघि बढ्न भन्दै आफूहरु सदैव नावालिकाहरुको साथमा रहेको बताएकी थिइन्।

गायीका अधिकारीले रेखा थापाको चलचित्रका गीत गाउन पाउँदा धेरै खुसी लागेको बताइन्। थोरै मात्रै चलचित्रमा स्वर दिएकी उनले भनिन् ‘रेखा दिदीसंग काम गर्न पाउँदा खुसी लागेको छ। उहाँले मलाई कठिन परिस्थितिमा रहँदा हौसला प्रदान गर्नु भएको छ। म उहाँको हिम्मत र आँटबाट प्रभावित छु। उहाँले दिएको यो अवसरले मलाई धेरै ढाडस मिलेको छ। यो मेरो लागि धेरै खुसीको कुरा हो।’ 

चलचित्र ‘उपहार’ का लागि गीत रेर्कडिङ संगसंगै अहिले छायांकन स्थल छनोटलगायतका काम भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए। यसअघि देउजा निर्देशित चलचित्र झिंगेदाउमा मुक्त उदासले लेखेको आगो विना विडी जल्दैन बोलको गीत चर्चित बनेको थियो।  

Logo