#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व126140568475932894260036
नेपाल9081

संसदमा गगन थापाको स्वस्थानीदेखि सुनको मूल्यको उच्च रेकर्डसम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये दक्षिण एशियामै पहिलो मानव मलमुत्र फोहोर प्रशोधन र व्यवस्थापन केन्द्र ललितपुरमा बन्ने भएको छ । यस्तै विश्व सम्पदा सूचिमा समाबेश पशुपतिनाथ मन्दिरलाई थप आकर्षक बनाइने भएको छ । मन्दिरमा १४१ किलो सुनको भव्य जलहरी राख्न लागिएको हो ।

यता छिमेकी मुलुक भारतसँग नेपालको खुल्ला सिमाना छ । यसैको मौका छाप्दै मानव बेचबिखन समेत हुने गरेको छ । यही कुरालाई मध्यनजर गर्दै सरकारले सीमानाकामा कडाइ गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै आएको छ । सांसद तथा पूर्वमन्त्री गगन थापाले आज संसदमा दिनुभएको एउटा अभिव्यक्ति यतिबेला अनलाइन तथा सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

यस्तै कोरोना भाइरसका कारण विश्वको शेयरबजारदेखि सुनबजार समेत प्रभावित भएको छ । सुनको मूल्य मंगलबार हालसम्मकै ऐतिहासिक उचाइ ७६ हजार ७०० रुपैयाँ पुगेको छ । हेरौं यो भिडियोमा :

 

 

सम्बन्धित समाचारहरु