प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित


प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ।

पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडौँ आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौँ आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ। यो जहाज बनारस अवतरण गरी पुनः काठमाडौँ आइरहेको छ ।

आइतबार चीनबाट काठमाडौँ आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Logo