यस्तो छ भारतमा लन्च भएको सबैभन्दा सस्तो टोयोटाको एमपीभी

यस्तो छ भारतमा लन्च भएको सबैभन्दा सस्तो टोयोटाको एमपीभी


टोयोटाले हालै भारतमा सबैभन्दा सस्तो नयाँ एमपीभी रुमीअन सार्वजनिक गरेको छ । मारुती अर्टिगामा आधारित सो नयाँ एमपीभी टोयोटाको प्रोडक्ट पोर्टफोलियोमा सबैभन्दा सस्तो हुने अपेक्षा गरिएको हो ।

१.५ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रोल र सिएनजी पावरट्रेनमा बजारमा उपलब्ध रहेको रुमीअनलाई टोयोटाले आकर्षक लुक्स दिएको छ । यसको पावर १०३ एचपी र टर्क १३७ एनएम रहनेछ । सो एमपीभी ५ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरवक्समा उपलब्ध हुनेछ ।  

कम्पनीले के सिरिजको १.५ लिटर पेट्रोल इन्जिन नियो ड्राइभ (आईएसजी) टेक्नोलोजी र पेट्रोल भेरियन्टको लागि २०.५१ किमी/लिटरको इन्धन क्षमता र नयाँ मोडलको सीएनजी भेरियन्टमा २६.११ किलोमिटरप्रति किलोग्राम ई-सीएनजी जस्ता सुविधाहरू उपलब्ध गराएकाे छ । 

यस नयाँ एमपीभी रुमीअनमा टोयोटाले नयाँ बम्पर, सुधारिएको फग ल्याम्प, इन्नोभा क्राइस्टाको जस्तै ग्रील र डुअल टोन अलोय ह्विल दिएको छ । साथै ७ सीट क्षमताको सो एमपीभीको इन्टेरियरमा व्ल्याक–आउट ड्यासवोर्ड र अपहोलेस्ट्रि उपलब्ध हुने छ ।

कम्पनीका अनुसार यस नयाँ एमपीभी रुमीअनमा केहीदिन पछि वुकिङ खुल्ला गर्ने र आगामी चाडपर्व सिजनमा बिक्रीमा जानेछ । यसको मूल्य आधिकारिक रूपमा सार्वजनिक नगरिए पनि करिब ९ लाख भारु हुनसक्ने बताइएकाे छ।

Logo